काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी लमजुङले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि केन्द्रीय उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको जिल्ला कमिटी बैठकले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा जमिन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, धनन्जय दवाडी, भगवती थापा र लक्ष्मीदेवी अधिकारी रहेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका थिए ।
गुरुङ गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री तथा पूर्व प्रतिनिधिसभा सदस्य हुन् । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व मन्त्रीसमेत हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०८२, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
एमालेको ‘झोले अभियान’को गलत प्रचार भयो : पृथ्वी सुब्बा गुरुङ
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री गुरुङ
समाज रुपान्तरणका लागि बौद्ध धर्म दर्शन पालन गर्नुपर्छ : मन्त्री गुरुङ
आतंकवाद,अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
विपक्षी दलसमेतको सहमतिमा संविधान संशोधन : सञ्चारमन्त्री गुरुङ