गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार ३१० विदेशी पर्यटक भित्रिएका छन्। दक्षिण एसियाली मुलुकका ११ हजार ६७८ र अन्य मुलुकका २१ हजार ६३२ पर्यटकले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन्। गत वर्ष सोही अवधिमा ६७ हजार ४४२ जना पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए। गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ।
गत असोजयता पर्यटकको आवागमन बढेको उनको भनाइ छ। असोजमा ३० हजार ७३२ विदेशी पर्यटक उक्त क्षेत्र भ्रमणका लागि पुगेका थिए। जसमा एसियाली मुलुकका ११ हजार ९८५ र अन्य मुलुकका १८ हजार ७४७ पर्यटक थिए। अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा यसवर्ष बढेको एक्यापले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
तिलिचो बेस क्याम्पमा फसेका पर्यटकहरूको सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यू टिमद्वारा सफल उद्धार
अन्नपूर्ण पदयात्रामा पर्यटक फसेपछि उद्धार टोली परिचालिन
बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ
ढोरपाटनमा एक वर्षमा पुगे २३ हजार पर्यटक