काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
बैठक सोमबार बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा बस्ने छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
बैठकमा काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारीहरू सबैलाई उपस्थित हुन भनिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । डडेलधुरामा रहेका पार्टी सभापति शेरबहादुर देउवा ढुङ्गानाको निधनपछि काठमाडौँ फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक
राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित
प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति