एजेन्सी । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनमा युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् ।
आरक्षणलाई लिएर आफ्नो सरकारको विरोध भएपछि शेख हसिना बंगलादेशबाट भागेर भारत आएकी थिइन् । त्यसपछि युनुसले अगस्त ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्।
हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने गरेको आरोप लगाएका थिए । हसनले बंगलादेशले भारतमा बस्दै आएकी शेख हसिनाले राजनीतिक बयान गर्ने पक्षमा नभएको भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको पनि बताएका थिए ।
शेख हसिना भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०३ मंसिर २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला