काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने उच्च कूटनीतिक स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि केही समय अगाडिदेखि नै भइरहेको थियो। ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत प्रयास गरिरहेका थिए।प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमण निश्चित भएको पुष्टि गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
स्रोतअनुसार, प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जानेछन्। करिब १५ दिनको तयारी समय राखेर दुवै पक्षले मिति सार्वजनिक गर्नेछन्। उत्तरी छिमेकी चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ। चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति