काठमाडौँ । नेकपा (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये ३ जना निर्विरोध निर्वाचित गरेको छ । एक उपाध्यक्ष एक उपसचिवका लागि सहमतिको प्रयास भइरहेको छ ।
बुधवार सुरु भएको पाँचौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बिहीबार बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा सुदर्शन शिवाकोटी र सचिवमा नरेन्द्र न्यौपानेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।
त्यस्तै महिला उपसचिवमा बिनिता काफ्लेका नाममा पनि सहमति जुटेको एमाले नेता माधव ढुङ्गेलले जानकारी दिए । बाँकी पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ । अधिवेशनले ७५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । एमालेमा भूगोल र गैरभूगोल गरी ८१ वटा जिल्ला कमिटी छन् ।
युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भई सदस्य लिएकाहरू यो कमिटीमा रहन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह