काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एक जनाको मात्र दाबी परेको छ ।
रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीले मात्र मेयरका लागि दाबी गरेका हुन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि २२ देखि २५ कात्तिकभित्र दाबी पेस गर्न आह्वान गरेको थियो ।
त्यस अवधिमा कार्कीले मात्र दाबी पेस गरेका हुन् । एकल दाबी परेकाले आफ्नो उम्मेदवारी करिब पक्का भएको कार्कीले दाबी गरेका छन् । कीर्तिपुरमा मेयर र दुई वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा भने रास्वपाबाट उम्मेदवार सिफारिस भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने
विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक
रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय