काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको आरोप लगाएका छन् । हालै हवाई भाडामा भएको मनपरी वृद्धिले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुक पेजमा साहले लेखेका छन्, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ्दैछ ।
सरकारको गैरजिम्मेवार भूमिकाले सिङ्गै पर्यटन क्षेत्र अस्तव्यस्त भई रहेको सन्दर्भमा हवाई भाडामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ ।’ अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा उल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाए । कमिसनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज विदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन् । ‘अहिले पर्यटन क्षेत्र मरणासन्न अवस्थामा छ भन्दा अतियुक्ति नहोला । राज्य नियन्त्रित सिन्डिकेट र सरकारमा भएकाहरूकै हालीमुहाली र ब्रम्हलुटकै कारण यो क्षेत्रले विगत लामो समयदेखि बदनामी र बेथिति भोग्नु परेको छ । अहिले हवाई भाडदार दोब्बर तेब्बर बनाइएको समाचार छन् । नेपाली श्रमिकहरू हवाई भाडादरमा भएको मनोमानी वृद्धिको कारण ठुलो मारमा परेका छन् । तर, यो सरकारलाई यसबारेमा कुनै चिन्ता र चासो नै छैन’ साहले भने ।
त्रिभुवन ईन्टरनेश्नल एयरपोर्टको स्तरोन्नतिको लागि दैनिक १० घण्टा एयरपोर्ट बन्द गर्ने बहानामा फेरि नेपाली श्रमिकहरू र विदेशी पर्यटकहरूमाथि हवाई भाडा बढाएर लुट्ने काम भइराख्दा समेत सरकार रमिते बनेको आरोप साहले लगाए । उनले हवाई क्षेत्रको लुट हटाउने विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । हवाई भाडदर महँगो बनाउने एयरलाईन्सहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आजपा अध्यक्ष साहले पछिल्लो समय हवाई भाडा नियन्त्रणको लागि सरोकारवाला निकायबिच भएको पाँच बुँदे सहमतिको पूर्ण पालना गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरजु राणालाई प्रभु साहको प्रश्न- कति नेपालीले विदेशको नागरिकता लिए ?
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
प्रभु साहको दाबी ‘बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए’
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी : प्रभु साह
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग