सुनसरी । धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ७ किलोग्राम सहित कृषि फर्म संचालक धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाँजासहित एक भारतीय युवक पक्राउ
‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद
ठोरीबाट ९१ केजी गाँजा बरामद
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ