काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरेका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै उनले सो टिप्पणी गरेका हुन् ।
लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ । लामिछानेलाई भैरहवा लगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको प्रदर्शन समेत गरेका थिए । रास्वपाले सरकारले प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेको भन्दै देशभर आन्दोलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने
काठमाडौँ आइपुगे रवि लामिछाने