काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरेका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै उनले सो टिप्पणी गरेका हुन् ।
लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ । लामिछानेलाई भैरहवा लगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको प्रदर्शन समेत गरेका थिए । रास्वपाले सरकारले प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेको भन्दै देशभर आन्दोलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
रविलाई दिल्लीको निम्तो, भ्रमण तय हुनु आफैंमा अर्थपूर्ण घटनाक्रम
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज
कोशी र मधेस प्रदेशका सांसदसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
पारिवारिक घुमघामका लागि रवि लामिछाने नगरकोटमा, आज त्यहीं बस्ने