काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् ।
जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । यो प्रकरणमा अधिकारी समेत अहिले प्रहरी हिरासतमा छन् ।
नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।
कार्तिक १३ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए । तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) गरेको थियो ।
डिपोर्ट भएर काठमाडौँ फर्किएका ४ जना र उनीहरूलाई पठाउने बिचौलियाहरू धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीर बहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल पनि पक्राउ परेका छन् ।
आरोपीहरू विरुद्ध प्रहरीले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ