काठमाडौँ । कन्जरभेटिभ पार्टीहरूको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित भएको छ। अष्ट्रेलियामा सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा. गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्सलाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता जोशलाई महासचिवमा निर्वाचित गरेको छ। एसिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरू सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ ।
तत्कालीन राप्रपा नेपाल युनियनमा अस्थायी सदस्यको रूपमा रहेको थियो, राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि युनियनको पूर्ण सदस्यको रूपमा प्रतिनिधित्व हुँदै आएको छ।
यसअघि युनियनमा श्रीलंकाका पूर्वप्रधानमन्त्री रणिल विक्रमसिंघे अध्यक्षको रूपमा रहेका थिए । अमेरिकाको रिपब्लिकन पार्टी, भारतको भारतीय जनता पार्टी (भाजपा), अष्ट्रेलियाको लिबरल पार्टी, नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत सदस्य रहेको युनियनमा क्यानडा, बंगलादेश, चिली, एल साल्भाडोर, ईण्डोनेसिया, जापान, न्युजिल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, पपुवान्युगिनी, फिजी, आर्मेनिया र ताइवानका विभिन्न कन्जरभेटिभ दलहरू सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ