काठमाडौँ । कन्जरभेटिभ पार्टीहरूको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित भएको छ। अष्ट्रेलियामा सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा. गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्सलाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता जोशलाई महासचिवमा निर्वाचित गरेको छ। एसिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरू सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ ।
तत्कालीन राप्रपा नेपाल युनियनमा अस्थायी सदस्यको रूपमा रहेको थियो, राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि युनियनको पूर्ण सदस्यको रूपमा प्रतिनिधित्व हुँदै आएको छ।
यसअघि युनियनमा श्रीलंकाका पूर्वप्रधानमन्त्री रणिल विक्रमसिंघे अध्यक्षको रूपमा रहेका थिए । अमेरिकाको रिपब्लिकन पार्टी, भारतको भारतीय जनता पार्टी (भाजपा), अष्ट्रेलियाको लिबरल पार्टी, नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत सदस्य रहेको युनियनमा क्यानडा, बंगलादेश, चिली, एल साल्भाडोर, ईण्डोनेसिया, जापान, न्युजिल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, पपुवान्युगिनी, फिजी, आर्मेनिया र ताइवानका विभिन्न कन्जरभेटिभ दलहरू सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा