काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले आम रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ता, शक्ति र भ्रष्टाचार पर्यायवाचीको भाष्य बनेको बताएका छन् । यो भाष्य चिर्न अख्तियारले निष्पक्षतापूर्वक काम गर्न र सक्रिय हुने वातावरण बनाउन आवश्यक भएको उनले बताए ।
सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले शक्तिको दुरुपयोग नहोस् भनेर अख्तियार स्थापना भएको बताए । उनले संवैधानिक परिषद्लाई भागवण्डा परिषद् जस्तो भएको बताउँदै असन्तुष्टि पोखे । उनले भने, ‘अख्तियारसहितका संवैधानिक निकायका प्रमुख, पदाधिकारीहरू र प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी संवैधानिक परिषद्लाई छ । भागवण्डा परिषद् नबनाऔँ । तब मात्रै निष्पक्ष काम हुन्छ ।’
केसीले नीतिगत निर्णयका नाममा व्यापक भ्रष्टाचार भएको बताउँदै प्लेन खरिद र ललिता निवासको विषय यसको उदाहरण भएको बताए । उनले भने, ‘नीतिगत निर्णय नियन्त्रण भएन भने भ्रष्टाचार नियन्त्रण हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले प्रश्न गर्नेको फाइल खोल्ने धम्की दिनु संसदीय मर्यादामाथिको अपमान हो : अर्जुननरसिंह केसी
पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी