काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।
उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने
काठमाडौँ आइपुगे रवि लामिछाने