काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका छन् ।
आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा आफूहरूले कुनै हल्ला नगरेको स्पष्ट पारे ।
सञ्चारकर्मीहरूले रवि लामिछानेलाई पक्राउ गरेर सकार पूर्वाग्रही बनेको हो भन्ने प्रश्नमा उनले भने‚ ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ।’
सरकार लामो समय टिक्दैन भन्ने हल्ला छ नि भन्ने प्रश्नलाई पनि उनले नकारेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा