काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखु घर भएका २९ वर्षीय किरण वाग्ले छन् ।
मनहरिबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच जाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले बताए ।
खाली क्रेटहरूको बिचमा लुकाइएर ११ वटा प्याकेटमा गाँजा बोकेर उनी हेटौँडातर्फ जाँदै थिए । वाग्ले सो भ्यानका चालक हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ