काठमाडौँ । भारत र अष्ट्रेलियाबीच हुने बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ । अष्ट्रेलियाले नोभेम्बर २२ देखि शुरु हुने यस सिरिजका लागि १३ खेलाडीको टोली घोषणा गरेको छ ।
अस्ट्रेलियाले भारत विरुद्धको टेष्ट खेलका लागि दुई अनक्याप्ड खेलाडीलाई टोलीमा समावेश गरेको छ । दुई टोलीबीचको पहिलो टेष्ट खेल नोभेम्बर २२ बाट पर्थमा सुरु हुनेछ । अष्ट्रेलियामा भारत ए विरुद्ध खेलिएको अनौपचारिक टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका नाथन म्याकस्विनीलाई टोलीमा सम्भावित ओपनर ब्याट्सम्यानका रूपमा छनोट गरिएको छ । यो सिरिज र विशेषगरी पहिलो खेल भारत र अष्ट्रेलिया दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । किनभने पहिलो टेस्ट म्याच विश्व टेस्ट च्याम्पियनसिपको अंकका लागि खेलिएको खेलमध्ये एक हो । विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा भारत पहिलो र अष्ट्रेलिया दोस्रो स्थानमा छ ।
भारतीय टोली अष्ट्रेलियामा राम्रो प्रदर्शन गर्दै लगातार तेस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चाहन्छ । यसअघि भारतले घरेलु मैदानमा न्युजिल्यान्डसँगको सिरिज ३–० ले गुमाएको थियो ।
यस्तो अवस्थामा अस्ट्रेलियामा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ ।अष्ट्रेलियाको टिम- प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, उसमान ख्वाजा, स्टिभ स्मिथ, मार्नस लाबुसचेन, स्कट बोलान्ड, एलेक्स केरी, जोस हेजलवुड, जोस इंग्लिश, नाथन लियोन, मिचेल मार्स, नाथन म्याकस्विनी र मिचेल स्टार्क ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने
भारतको रक्षा बजेटमा १५ प्रतिशत वृद्धि: चीन र पाकिस्तानको चुनौतीबीच सेनालाई आधुनिक बनाउने लक्ष्य
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल