चितवन। नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । बिहान ३ बजे मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका ४ स्थित बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल, सोही ठाउँकी ३३ वर्षिय सविना भुषाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् । मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।
सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान तीन बजे तिर माइक्रो बस र बस एक आपसमा ठोक्किएका थिए । गम्भीर घाइते एकजनाको चितवन मेडिकल कलेजरमा उपचार भइरहेको छ । अन्य चार जना घाईते भने उपचारपछि डिसचार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते
मकवानपुरमा बस पल्टियो, ३५ जना घाइते
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन
चितवनमा माइक्रो बस ट्यांकरसँग ठोकियो, १६ जना घाइते
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार