ओखलढुंगा। ओखलढुंगामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका- ११ रमाइलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा गएराति तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वर्कसपका सञ्चालक सुनकोशी गाउँपालिका- ९ बस्ने २८ वर्षीय लेखबहादुर सुनुवारलगायत ६ जना छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ७ थान मोबाइल र १ बुक ताससमेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ