ओखलढुंगा। ओखलढुंगामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका- ११ रमाइलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा गएराति तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वर्कसपका सञ्चालक सुनकोशी गाउँपालिका- ९ बस्ने २८ वर्षीय लेखबहादुर सुनुवारलगायत ६ जना छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ७ थान मोबाइल र १ बुक ताससमेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ