काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको ५१ औँ बैठक आज बस्ने भएको छ ।
आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बैठक बस्न लागेको हो ।
बैठकमा सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्ने कार्यसूची छ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि परेको उजुरीउपर आज सुनुवाइ हुने भएको हो ।
न्यायपरिषद्ले गत असोजमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको नाम अनुमोदन
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दै सुनुवाइ समिति
न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरूको आपत्ति
शिक्षासहित दुई वटा संसदीय सुनुवाइ समितिको बैठक बस्दै
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन