काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । शनिबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोटबारे रास्वपाले गर्यो आकांक्षीसँग छलफल
यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रुपन्देही-३ मा रास्वपा उम्मेदवार हुन ९ जनाको आवेदन
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार