काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।
भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द रहनेछ । योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ । त्यस्तै ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।
त्यसैगरी काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौँ अवतरण हुने समय पनि परिवर्तन भएको छ । यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाडौँमा अवतरण हुन्थ्यो । अब ९ः२५ मा आइपुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन