एजेन्सी । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत सर्बियाको क्लब रेड स्टार (सवेर्ना भेज्डा) माथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रेड स्टारलाई ५-२ गोल अन्तरले जित हासिल गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने इनिगो मार्टिनेज, राफिन्हा र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
त्यस्तै रेड स्टारका लागि सिलास र मिलसनले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको ४ खेलमा ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी रेड स्टारले भने यस सिजनको च्याम्पियन्स लिगमा लगातार चार खेलमा हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा