काठमाडौँ । नेकपा माओवादी केन्द्रको कात्तिक २६ गतेसम्ममा स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ताको समय निर्धारण गरेर केन्द्रबाट पठाएको नीतिअनुसार उम्मेदवार सिफारिस गर्ने निर्देशन दिएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।
तल्लो कमिटीले सिफारिस गरेको नामलाई केन्द्रले अनुमोदन गर्ने उनले बताए । मुख्यसचिव ढकालले पार्टीको निर्णयअनुसार एक्लै लड्ने गरी चुनाव हुने क्षेत्रमा तयारी गरिरहेको बताए ।
माओवादीले घोषित रुपमा चुनावी गठबन्धन नगरे पनि नेकपा एकीकृत समाजवादी, ‘विप्लव’ नेतृत्वको नेकपासँग आवश्यक ठाउँमा तालमेल गर्ने गरी छलफल चलाइरहेको छ । अध्यक्ष ‘प्रचण्ड’ले पनि यो उपनिर्वाचन मात्रै नभई २०८४ को आमनिर्वाचन पनि माओवादीले एक्लै लड्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन