काठमाडौँ । उपनिर्वाचनको एजेन्डा सुशासन हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा भ्रष्टाचार विरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन उनले पार्टीका नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
उपनिर्वाचन हुन लागेको काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडाध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरूसँगको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मंगलबार उक्त निर्देशन दिएका हुन् ।
‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौँ, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो,’ अध्यक्ष दाहालले भने, ‘आसन्न उपनिर्वाचनको मुख्य एजेन्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रूपमा अघि बढ्नेछ ।’
माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारबाहीका कारण जनताको बीचमा महत्त्वपूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिविधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचार विरोधी कसलाई छनोट गर्ने भन्ने परीक्षणको समय पनि हुने दाहालले बताए ।
माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्रा. डा. शिव शरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले कीर्तिपुर वडा नम्बर १ को वडा अध्यक्षमा अष्टमान महर्जन र वडानम्बर ४ को वडा अध्यक्षमा इञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड