सुर्खेत । दसैँ–तिहारमा कर्णाली प्रदेशमा १०२ वटा सवारी साधनहरू दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कार्तिक १९ गतेसम्म ३३ दिनमा ती दुर्घटनाहरू भएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार ती दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १८४ जना घाइते भएका छन् ।
दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । यस्तै ८६ जना घाइते भएका थिए । तिहारमा त्यो भन्दा बढी दुर्घटना भएको उनले डाँगीले बताए ।
जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेतमा दुर्घटनाहरू बढेको उनले बताए । त्यसपछि दैलेख, सल्यान र जाजरकोटका दुर्घटना बढी भएका छन् । दुर्घटना भएका सवारीमध्ये ७२ वटा मोटरसाइकल, सानो जिप २३, माइक्रोबस १२ वटा रहेका छन् ।
चाडपर्वको अवधिमा सवारी साधनको चाप बढी हुने, तीव्र गतिमा सवारी चलाउने, यात्रु क्षमता दोब्बर हुने लगायतका कारण दुर्घटनाहरू बढ्ने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु