कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् ।
पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणा अनुसार कपिलवस्तुको शिवराज नगरपालिका– ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यालय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइँदै आएको छ ।
मेसिनको प्रयोग गरी विप्लवसँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताको सहभागितामा आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघा क्षेत्रफलमा आलु लगाउने तयारी गरेको छ भने चितवन, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिव ५० बिघामा आलु रोप्ने तयारी गरेको छ ।
पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी संस्था लिमिटेडसँग न्यूनतम ४ लाख केजी आलु र सिजी फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम्झौता भएको छ । गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी लगायतको टोलीले कपिलवस्तुमा रहेको केन्द्रीय कार्यलयमा १६ टन बिउ आलु भित्र्याएको छ ।
विप्लवले सञ्चालन गरेको जनकम्युनमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट पनि सोमबार आलु रोप्न पुगेका छन् । अध्यक्ष विष्टले देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनका साथै आलु र धानमा आत्मनिर्भर बनाउने विप्लवको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग
नयाँ कम्युनिस्ट केन्द्र बनाउने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा विचार मिल्नेसँग एकता गर्न वार्ता टोली गठन
भ्रष्टाचारले नेपाल खायो : विप्लव
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव