एमाले–माओवादी एकता संयोजन समितिको वैठक किन बस्न सकेको छैन ?

आइतबार, १६ पुस २०७४, १२ : ५४
एमाले–माओवादी एकता संयोजन समितिको वैठक किन बस्न सकेको छैन ?

चितवन । शनिवार पार्टी उपाध्यक्ष बामदेव गौतमको पुस्तक विमोचन समारोहमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले भने, ‘तुरुन्तै एकता भए तालमेल गठनबन्धन भन्ने कुरै सकियो । केही दिन ढिला भएछ भने पनि बामपन्थी सरकार बन्छ । यसलाई गठबन्धनको भन्नुस् वा त्यो भन्दा माथिको ।’ ओलीको यो अभिव्यक्ति आउनुपूर्व सभागृहमा उनले प्रचण्डसँग कुराकानी पनि गरेका थिए । प्रचण्डसँगको कुराकानी लगत्तै ओलीले दिएको यस्तो अभिव्यक्तिले एमाले–माओवादी एकतामा अझै केही जटिलता छन् भन्ने संकेत दिएको थियो ।

घटनाक्रम पनि तीव्र गतिमा एकता हुने गरी अगाडि बढेका छैनन् । एमाले र माओवादीले असोज १७ गते चुनावी गठबन्धन घोषणा गर्दा चुनाव लगत्तै एकता प्रक्रिया अगाडि बढाउने बताएका थिए । तर, दुई पार्टीका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको वैठक भने बस्न सकेको छैन ।

पुस १२ गते एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच बालकोटमा भेट भएको थियो । दुई नेताको भेटमा एक–दुइ दिनभित्र पार्टी एकता संयोजना समितिको वैठक बस्ने सहमति बनेको थियो । तर, त्यसपछि पनि वैठकको मिति तय भएन । जव कि यस अघि पनि पटक–पटक बैठक बस्ने भनिएपनि बस्न सकेको थिएन । यतिसम्म भएको थियो कि गत शनिवार उडान नभएपछि प्रचण्ड भैरहवाबाट काठमाडौं आउन सकेनन् । प्रचण्ड काठमाडौं आउन नसकेको भन्दै एकता संयोजनम समितिको वैठक बस्न नसकेको बताइएको थियो ।

प्रदेश र प्रतिनिधिसभाको चुनाव सकिएको तीन साता वितेको छ तर एमाले–माओवादीवीचको एकतामा सवैभन्दा महत्वपूर्ण मानिएको पार्टी एकता संयोजन समितिको वैठक भने बस्न सकको छैन । यद्यपी अनौपचारिक तहमा नेताहरुवीच कुराकानीहरु भैरहेका छन् । शक्ति बाँडफाँडको विषय नेताहरुका लागि सवैभन्दा पेचिलो बनेको छ । गत कार्तिक १५ मा बामदेव गौतमको निवासमा एकता संयोजन समितिको वैठकपछि अर्को वैठक बसेको छैन । त्यसपछि नेताहरु मंसिर १० र मंसिर २१ को चुनावी तयारीमा जुटेका थिए । चुनाव अगाडि एकता संयोजनक समितिको वैठकमा एजेन्डा पनि थिएनन्, सोही कारण वैठक बस्न सकेको थिएन ।

तर, चुनाव लगत्तै बस्ने भनिएको वैटक पनि चुनाव सकिएको तीन सातासम्म बस्न नसकेपछि यसको ढिलाईवारे चासो व्यक्त भएको हो । दुबै पक्षमा नेताहरुका आ–आफ्ना तर्क छन् । तर, सूत्रहरु भन्छन् कि, ‘एकता गर्ने सैद्धान्तिक सहमति त भयो तर प्राविधिकपक्ष मूलत पार्टी र सरकारको नेतृत्वको विषयमा मिलेको छैन । पार्टी एकता संयोजन समितिको वैठक विभिन्न वहाना गरेर सरेको सर्यै छ ।’

प्रतिक्रिया दिनुहोस