काठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ।
यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो।
सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ। अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ। लिग–२ मा अंक बनाउन नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।
विश्वकप लिग-२ अन्तर्गत अमेरिका पहिलो स्थानमा छ। अमेरिकाले १२ खेल खेल्दा १६ अंक जोडेको छ। १० खेल खेलेको स्कटल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा छ भने ११ खेल खेलेको नेपाल ५ अंकसहित सातौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ः नेपालको लगातार दोस्रो हार
विश्वकप लिग-२ : युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल
विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल
विश्वकप लिग-२: युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा