काठमाडौं । कलाकारहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवासमा देउसीभैलो खेलेका छन्। बिहीबार दिउँसो कलाकारहरूले देउसीभैलो खेल्दा अध्यक्ष प्रचण्ड पनि कलाकारहरूसँगै छमछमी नाचे।
लक्ष्मीपूजाको दिन प्रचण्ड निवास खुमलटारमा गायिकाहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत कलाकारहरूले देउसी भैलो खेलेका हुन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लोकदोहोरी कलाकारहरूका साथ प्रचण्ड निवासमा पनि देउसीभैलो कार्यक्रम गरेका हुन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?