काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्राउको विषय प्रतिशोध वा बार्गेनिङमा टुंगिने आशंका गरेका छन् ।
अध्यक्ष महतोले एक विज्ञप्ति जारी गर्दै जो सुकै भएपनि अभियोग वा आरोप लागेकामाथि निष्पक्ष न्यायिक अनुसन्धान एवं कारबाही हुनुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको मुद्दामा पनि निष्पक्ष र न्यायसंगत छानबिन हुनुपर्छ। अहिले सरकारले अनुसन्धान गर्दैछ, न्यायालयले प्रमाण एवं तथ्यको आधारमा फैसला गर्लान् भन्ने राष्ट्रिय मुक्ति पार्टी नेपालले विश्वास लिएको छ । यी सबै प्रक्रियालाई नेपाली जनतासँगै राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि सूक्ष्म ढंगले नियालिरहेका छौँ । किनभने यहाँ भएका ऐन कानूनको दुरुपयोग राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्ष नेताहरूले गर्दै आएको पनि नेपाली जनताले महसुस गरिरहेकै छ ।’
आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई र विपक्षीहरूलाई तह लगाउन, आफ्नालाई संरक्षण गर्न, अनुचित लाभ प्राप्त गरी अपराधी उम्काउन यसको निम्ति कानूनको प्रयोग हतियारको रूपमा गर्दै आएको उल्लेख गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ कार्तिक २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने
रिंकु सदाको मृत्यु प्रकरण अपराधीलाई संरक्षण दिन खोजिँदैछ : राजेन्द्र महतो
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
पाथीभरामा केबलकार बनाउने योजना खारेज होस् : राजेन्द्र महतो
राजेन्द्र महतोको पार्टीको नाम फेरियो