काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी पनि धनी मन्त्रीमै दरिएका छन् । प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको कराडौंको सम्पत्ति देखिएको हो ।
मन्त्री केसीसँग पनि पोखरा र ललितपुरमा घरजग्गा छन् । उनको पोखरा १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर-२ मा पनि उनको घरजग्गा छ । पोखरा-१२, पोखरा-१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौँ पर्ने जग्गाहरू छन् ।
उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् । माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने उनले खुलाएका छैनन् । श्रीवृद्धि सहकारी र वाराही प्रसारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् ।
१ करोड ९ लाख रुपैयाँ त उनले विभिन्न व्यक्तिलाई ऋण नै दिएका छन् ।उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् ।आफैँले तोकेको समयसीमा कटेपछि उनीहरूले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।
पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ कार्तिक २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता