काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी पनि धनी मन्त्रीमै दरिएका छन् । प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको कराडौंको सम्पत्ति देखिएको हो ।
मन्त्री केसीसँग पनि पोखरा र ललितपुरमा घरजग्गा छन् । उनको पोखरा १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर-२ मा पनि उनको घरजग्गा छ । पोखरा-१२, पोखरा-१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौँ पर्ने जग्गाहरू छन् ।
उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् । माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने उनले खुलाएका छैनन् । श्रीवृद्धि सहकारी र वाराही प्रसारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् ।
१ करोड ९ लाख रुपैयाँ त उनले विभिन्न व्यक्तिलाई ऋण नै दिएका छन् ।उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् ।आफैँले तोकेको समयसीमा कटेपछि उनीहरूले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।
पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ कार्तिक २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती