काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको सिकार भएको बताएका छन् ।
नेकपा एमाले चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको सिकार चितवन भएको बताएका हुन् ।
‘चितवनले पटक पटक लोकतान्त्रिक परिवर्तनको अगुवाइ गर्यो । रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व गर्यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भने, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटक पटक काम गर्ने मौका दिन पहलकदमी लियौँ र काम गर्ने मौका दियौँ । दुई-दुई पटक हाम्रै कारणले गृहमन्त्री भए । त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ ।’
उनले संगठित रूपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखाएर सहकारी आन्दोलनलाई बिथोल्ने काम पनि रवि लामिछानेले नै गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल