काठमाडौं । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का छन् ।
पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति करिब ९ बजे रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
उनको साथबाट अटो पेस्तोल यूएसए ६५ एनओ १ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ