काठमाडौं । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का छन् ।
पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति करिब ९ बजे रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
उनको साथबाट अटो पेस्तोल यूएसए ६५ एनओ १ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ