रौतहट । सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका-३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियालाई पक्राउ गरेको हो ।
ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंले बताए ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरीबल ११ नम्बर गणको संयुक्त टोलीले उनीहरुकालई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ