काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्यका लागि एमालेसँग मिलेर सरकार बनाएको बताएका छन्। नेपाली कांग्रेस कामपा-३२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सहमति अनुसार दुई बर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।
उनले भने, ‘उहाँहरुबीचको सहमति अनुसार दुई बर्ष ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। त्यसपछि शेरबहादुरजीले चुनाव गराएइर जाने कुरा छ कांग्रेसको चाहना पनि त्यही हो। तर, हामीहरुको प्रतिस्पर्धीं एमाले हो। सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ। हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ। एमाले प्रतिस्पर्धी पनि हो। सरकारमा पनि छौं। सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौं हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ। होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ। यो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ।’
उनले चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिलेदेखि नै एक्लै लड्ने तयारी गरेर जानुपर्ने जोड दिए।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० कार्तिक २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला