काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक रहेको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताए । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’
बाढी पहिरोमा पनि सरकारले उद्धार र खोजी गरेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले भने, ‘कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? ठिक छ, सबैको राम्रो छ सय दिनको काम ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !