कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित पूर्व-पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१० का २७ वर्षीय सुशिल बिकको मृत्यु भएको हो।
बिहीवार साझ सु.प.प्र. ०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सु.प.प्र. ०१-००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोकिएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक बिक गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि निसर्ग अस्पताल, धनगढीमा लगिएका उनको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक लम्कीचुहा नगरपालिका(४ का ३७ वर्षीय राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु