कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित पूर्व-पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१० का २७ वर्षीय सुशिल बिकको मृत्यु भएको हो।
बिहीवार साझ सु.प.प्र. ०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सु.प.प्र. ०१-००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोकिएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक बिक गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि निसर्ग अस्पताल, धनगढीमा लगिएका उनको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक लम्कीचुहा नगरपालिका(४ का ३७ वर्षीय राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु