काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट गरेका छन् । सिंहदरवारबाट सम्बोधनमार्फत सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु भएको बताएका हुन् ।
“हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।”
उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एक छिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रूपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे।
“भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ ।”, उनले भने, “भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्त्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई
आज तुर्कमिनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता हुँदै, के छन् छलफलका एजेन्डा ?
सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए