हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारी अनुसार दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार बिहान् दुर्घटनामा परेको हो ।
प्रहरी चौकीका अनुसार गाडी दुर्घटनापछि चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । चालक चितवन १६ भरतपुरका अन्दाजी २७र२८ वर्षीय भरत लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ ।
सहचालकको परिचय खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनलाई उद्धारगरि उपचारका लागि पाटन अस्पताल लगिएको छ । गाडी सडकबाट खसेर भीरमा ४र५ सय मिटर तल पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते