पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ ।
लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा पोखरा ल्याइको थियो । उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकीलसमक्ष वयान सुरु भएको छ ।
रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको थियो । शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो ।
रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ । यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।
उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरुले स्थानीयको घर-घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार