काठमाडौँ । सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका थिए ।
बुधबार बिहान पार्टी निकट बुद्धिजीवी सङ्गठनका पदाधिकारीसँग उनले उक्त जानकारी दिएका थिए । तर भेटघाटको तयारी भएपनि समय तय नभइसकेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यद्यपि अपराह्न ४ बजे भेटघाट हुन सक्ने मल्लले बताए ।
राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने वा ध्यानाकर्षण गराउने भन्दा पनि पछिल्लो राजनीतिक अवस्था, सरकारको काम कारबाही लगायत समसामयिक विषयमा छलफल गर्न लागिएको उनले स्पष्ट पारे ।
यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सरकारको सय दिनको काम असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ । विपक्षी दलहरूमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, रास्वपा, राप्रपा र अजपा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने