काठमाडौँ । सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका थिए ।
बुधबार बिहान पार्टी निकट बुद्धिजीवी सङ्गठनका पदाधिकारीसँग उनले उक्त जानकारी दिएका थिए । तर भेटघाटको तयारी भएपनि समय तय नभइसकेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यद्यपि अपराह्न ४ बजे भेटघाट हुन सक्ने मल्लले बताए ।
राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने वा ध्यानाकर्षण गराउने भन्दा पनि पछिल्लो राजनीतिक अवस्था, सरकारको काम कारबाही लगायत समसामयिक विषयमा छलफल गर्न लागिएको उनले स्पष्ट पारे ।
यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सरकारको सय दिनको काम असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ । विपक्षी दलहरूमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, रास्वपा, राप्रपा र अजपा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस