कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नगद २० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट लिङ्गेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रुपैयाँ र यूपी ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको बताइएकोछ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ