चितवन । नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्माले माओवादी आन्दोलनलाई एकतावद्ध गर्दै वामपन्थी एकताका लागि ठूलो छाति बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् । आज (शनिबार) चितवनमा आयोजित बेपत्ता योद्धा दण्डपाणि न्यौपानेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराईलगायत धर्मेन्द्र बास्तोलासमेतलाई पार्टीमा एकतावद्ध गर्नुपर्ने बताएका हुन् ।
‘अब हामी माओवादी आन्दोलन र वास्तविक कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि हामीले नयाँ ढंगले सोच्न जरुरी छ, नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । त्यसका लागि केही सैद्धान्तिक, केही व्यवहारिक र केही असन्तुष्टिका कारणले तितरवितर भएको माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गर्नका लागि हामीले ठूलो छाती गर्नुपर्छ । हामीले त्याग गर्नसक्नुपर्छ, सबैलाई समेट्न सक्नुपर्छ । किरणजी, बाबुरामजी र विप्लवजीलगायत गोपाल किराती, विश्वभक्तजी, धर्मेन्द्रजीलगायत दर्जनमा विभक्त माओवादीलाई संगठित गरौं । सँगै अरु वामपन्थीहरुलाई पनि एकतावद्ध गरेर अगाडि बढौं,’– उनले भने ।
अहिलेको वर्तमान सत्ता गठबन्धनले संघीयता र समावेशितालाई नजरअन्दाज गरिरहेको उनले बताए । यस्ता तमाम खेलहरुलाई परास्त गर्दै समाजवादी दिशमा लाग्न वामपन्थी एकता आवश्यक रहेको उनले बताए । राजनीतिलाई बदलाको भावनामा नहेर्न पनि उनले वर्तमान सरकारलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा