काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानस्थित सडकमा महेन्द्रनगरबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ना.८ ख १०७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका-३ बस्ने ४५ वर्षीया जैमती बोहरा, २१ वर्षीय सहदेव बोहरा, उनकै श्रीमती २० वर्षीया कमला बोहरा र उनकै नाबालक छोराको मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका १२ जना मध्ये १० जनालाई थप उपचारको लागि धनगढी कैलालीतर्फ पठाइएको छ भने २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसैगरी सिन्धुलीको मरिण गाउँपालिका-७ ठाँटीस्थित सडकमा सिन्धुलीबाट छापतर्फ आउँदै गरेको बा.८६ प ६०३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मरिण गाउँपालिका-७ बस्ने १८ वर्षीय संदिप स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका-२ सामाग्रीस्थित सडकमा बेनिबाट जोमसोमतर्फ आउँदै गरेको बा.७६ प ४२१० नम्बरको मोटरसाइकललाई ना.१ च ७६९२ नम्बरको कारले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भई काठमाडौँ बस्ने ३३ वर्षीय संजय खड्काको मृत्यु भएको छ ।
र्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि कैलालीको भजनी नगरपालिका-७ चर्रास्थित सडकमा पनि से.१ त १७८६ नम्बरको ट्याक्टर र से.६ प १०६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका-५ बस्ने २३ वर्षीय आशिष कुमार चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात
रसुवागढीबाट दश वर्षमा साढे १४ हजार विद्युतीय सवारी आयात
मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने
कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु