काठमाडौँ । दसैँ विदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको छ । आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ बिदाको अवधिमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने भएको हो ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन अझै तयार पार्न सकेन
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
हिरासतका समस्या समाधान गर्न गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह
मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी
शान्ति सुरक्षा मजबुत बनाउनू: मानव अधिकार आयोग