काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप अस्वीकार गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक अन्तरर्किया कार्यक्रमलाई सम्बोधन गर्दै विश्वमा भूराजनीतिले प्रभाव पार्दै गइरहेको बताए।
उनले भने, ‘हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं त्यसको विरुद्धमा छौं। अरु कुनै देशले अर्कालाई पनि गर्न हुँदैन भन्ने पक्षमा छैनौं। आफ्नो देशको भविष्य त्यहीको जनताले निर्धारण गर्ने हो। हामी हाम्रो दुईवटा छिमेकीहरुसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं। र उनीहरुसँग मैत्रिपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं। दुवैसँग बराबर सम्बन्ध राख्न चाहन्छौं। तर, हाम्रो देशको राष्ट्रिय हितको पक्षमा भनेका अडान लिन्छौं।’
उनले आफूहरु स्वतन्त्र परराष्ट्र नीतिलाई अबलम्बन गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ