हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । शनिवार बिहान प्रदेश राजधानी हेटौँडामा उपलब्ध मन्त्रीहरूको छलफलले विपद् प्रभावित नागरिकहरूका लागि १५ दिनको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त छलफलले विपद् प्रभावित नागरिकको उद्धार राहत तथा पुनः स्थापनाको लागि सो रकम खर्च गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार प्रदेश विपद् कोषमा १३ मन्त्रीको १५ दिनको तलब बापत ४ लाख २७ हजार ४४५ रुपैयाँ जम्मा हुनेछ ।
जसअनुसार विपद् कोषमा मन्त्रीहरूले प्राप्त गर्दै आएको ६० हजार २२० रुपैयाँको आधा रकम (३० हजार १६० रुपैयाँ) र मुख्यमन्त्रीले लिँदै आएको ७० हजार ७३० रुपैयाँको आधा रकम ३५ हजार ३६५ रुपैयाँ जम्मा हुनेछ ।
उक्त छलफलले प्रदेशको क्षतिको यकिन विवरण तयार गरी उपलब्ध गराउन प्रदेश नीति तथा योजना आयोगलाई निर्देशन दिएको छ । आयोगले विषयगत मन्त्रालय र क्षेत्रका आधारमा क्षति विवरण सङ्कलन गरी प्रतिवेदन बुझाउन छलफलले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारको तयारी : लाइसेन्स वितरण सहज पार्न नयाँ ट्रायल सेन्टर, पुराना कार्यालयको स्थानान्तरण
चलचित्र सम्बन्धी कानुन बनाउँदै बागमती सरकार
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय