हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । शनिवार बिहान प्रदेश राजधानी हेटौँडामा उपलब्ध मन्त्रीहरूको छलफलले विपद् प्रभावित नागरिकहरूका लागि १५ दिनको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त छलफलले विपद् प्रभावित नागरिकको उद्धार राहत तथा पुनः स्थापनाको लागि सो रकम खर्च गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार प्रदेश विपद् कोषमा १३ मन्त्रीको १५ दिनको तलब बापत ४ लाख २७ हजार ४४५ रुपैयाँ जम्मा हुनेछ ।
जसअनुसार विपद् कोषमा मन्त्रीहरूले प्राप्त गर्दै आएको ६० हजार २२० रुपैयाँको आधा रकम (३० हजार १६० रुपैयाँ) र मुख्यमन्त्रीले लिँदै आएको ७० हजार ७३० रुपैयाँको आधा रकम ३५ हजार ३६५ रुपैयाँ जम्मा हुनेछ ।
उक्त छलफलले प्रदेशको क्षतिको यकिन विवरण तयार गरी उपलब्ध गराउन प्रदेश नीति तथा योजना आयोगलाई निर्देशन दिएको छ । आयोगले विषयगत मन्त्रालय र क्षेत्रका आधारमा क्षति विवरण सङ्कलन गरी प्रतिवेदन बुझाउन छलफलले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र सम्बन्धी कानुन बनाउँदै बागमती सरकार
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च
बागमतीका मन्त्री मास्केको १०० दिन : ५५ जीर्ण आयोजना पहिचान, १३ किलोमिटर सडक कालोपत्रे
बागमती सरकारले असारमा खर्चियो १३ अर्ब रुपैयाँ