काठमाडौं । नेपाल एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो ।
क्यानडामा सम्पन्न लिग- २ सिरिज र त्यसपछि टी-२० सिरिजको असफलतापछि पनि नेपालको हारको सिलसिला रोकिएको छैन । नेपालले लिग-२ सिरिजमा केबल १ अंक जोडेको थियो भने टी-२० सिरिजमा २ खेल ओमानविरुद्ध जितेको थियो ।
नेपालले यो अभ्यास खेल सोमपाल कामीको कप्तानी खेलेको थियो । नेपालले दिएको १४४ रनको लक्ष्य पछाएको एचटी क्यानडाले ३६ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि नेपाल ३९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो ।
नेपाल र एचटी क्यानडाबीचको दोस्रो अभ्यास खेल आज राति र तेस्रो खेल मंगलबार खेल्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने