गाजा । इजरायलले गरेको आक्रमणमा प्यालेष्टाइनको वेष्ट बैंकमा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बिहीबार अबेर बताएअनुसार वेस्ट बैंकको तुलकर्म सहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको हो ।
आक्रमणले तुल्कारम सहरको शरणार्थी शिविरमा रहेको एउटा क्याफेलाई निशाना बनाएको थियो, जहाँ धेरै नागरिकहरू उपस्थित थिए,’ प्यालेस्टिनी अथोरिटीद्वारा सञ्चालित समाचार एजेन्सी वाफाले भनेको छ ।
वायु सेनाले आफ्नो शिन बेट सुरक्षा सेवासँगको संयुक्त अपरेशनमा तुल्कारम सहरमा हमासको प्रमुख र अन्य महत्त्वपूर्ण आतंककारीहरू मारेको इजरायली सेनाले भनेको थियो । यस आक्रमणमा धेरै परिवारका बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको समाचार एजेन्सी वाफाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै बताएको छ ।
एक स्थानीय बासिन्दाले समाचार एजेन्सी एएफपीलाई इजरायलले तीन तले भवनमा रहेको क्याफेलाई निशाना बनाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान