गाजा । इजरायलले गरेको आक्रमणमा प्यालेष्टाइनको वेष्ट बैंकमा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बिहीबार अबेर बताएअनुसार वेस्ट बैंकको तुलकर्म सहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको हो ।
आक्रमणले तुल्कारम सहरको शरणार्थी शिविरमा रहेको एउटा क्याफेलाई निशाना बनाएको थियो, जहाँ धेरै नागरिकहरू उपस्थित थिए,’ प्यालेस्टिनी अथोरिटीद्वारा सञ्चालित समाचार एजेन्सी वाफाले भनेको छ ।
वायु सेनाले आफ्नो शिन बेट सुरक्षा सेवासँगको संयुक्त अपरेशनमा तुल्कारम सहरमा हमासको प्रमुख र अन्य महत्त्वपूर्ण आतंककारीहरू मारेको इजरायली सेनाले भनेको थियो । यस आक्रमणमा धेरै परिवारका बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको समाचार एजेन्सी वाफाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै बताएको छ ।
एक स्थानीय बासिन्दाले समाचार एजेन्सी एएफपीलाई इजरायलले तीन तले भवनमा रहेको क्याफेलाई निशाना बनाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमास युद्धविराम वार्ता सफलता बिना नै टुङ्गियो
इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण
युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इजरायल, अमेरिका र इरान सबैले युद्ध जितेको दाबी, तर साँच्चै जित्यो कसले ?
इजरायलमाथि पहिलोपटक इरानद्वारा खैबर-शाकान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार